शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ८ अर्ब ५० करोड

‘बैंकिङ्ग समूहमा ०.४३ अंकको गिरावट’


काठमाडौं – आज साताको पहिलो दिन आइतबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशलमव ७७ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएनको ५१ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । राधि विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् भने ३ उपसूचकमा मात्रै हरियाली देखिएको छ । आज विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।