काठमाडौं -लक्ष्मी सनराइज बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी स्विच (एनपीएस–एनसीएस) तथा नेपाल पे कार्ड स्किममा आवद्ध हुँदै नेपालको आफ्नै डोमेस्टिक कार्ड प्रणालीमा सहभागिता जनाएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच एनपीएस–एनसीएस तथा नेपाल पे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्यले र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले हालै आफ्नो कार्ड स्विच प्रणालीको पूर्वाधार निर्माण सम्पन्न भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक कार्ड कारोबारको लागि आफ्नै स्विच प्रणालीमा आवद्ध हुन आग्रह गरेको थियो । सोही अनुरूप लक्ष्मी सनराइज बैंक पनि डोमेस्टिक कार्ड प्रणालीमा आबद्ध भएको हो ।
यस प्रणालीमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई नेपाल पे ब्रान्ड अन्तर्गतको कार्ड इस्यु र एक्सेप्ट गर्न सक्नेछ । डोमेस्टिक कार्ड कारोबारहरूमा अन्तरसंयोजन (Interoperability), सस्तो शुल्क, डाटा सुरक्षाको प्रत्याभूति, र स्वदेशमै सेटलमेन्ट सुविधा प्रदान गर्ने लक्ष्य लिइएको यस प्रणालीमा सहभागी भई बैंकले डिजिटल कारोबारलाई थप प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।



About Us
प्रतिक्रिया