काठमाडौं – जेठ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । जेठका लागि १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा ३ वटाले घटाएका छन् भने तीनवटै बैंकले बढाएका छन् । जेठका लागि एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाउँदा कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटाएका छन् । वाणिज्य बैंकहरुको औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर जेठका लागि ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा औसत ब्याजदर ५.९८ प्रतिशत छ ।
जेठका लागि एभरेष्ट बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंकले वैशाखमा मुद्दति निक्षेपमा एभेष्ट बैंकले ६.६१ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ताेकेकाे थियाे । यस्तै, नेपाल बैंकले जेठका व्यक्तिगततर्फ ५.४५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागतमा भने स्थिर राखेको छ । साे बैंकले बैंकले वैशाखमा व्यक्तिगततर्फ ५.१ ५ ब्याजदर ताेकेकाे थियाे । जेठका लागि सानिमा बैंकले व्यक्तिगततर्फ ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर ताेकेकाे छ । वैशाखका लागि बैंकले व्यक्तिगततर्फ ५.९५ र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर निर्धारण गरेकाे थियाे ।
जेठका लागि कुमारी बैंकले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी सिद्धार्थ बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बाँकी १४ बैंकले भने जेठ महिनाका लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।



About Us
प्रतिक्रिया