काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म) वाणिज्य बैंकहरूले १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार कारोबार गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका थिए । वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १४ खर्ब ८ अर्ब ३१ करोड गरी कुल १५ खर्ब १२ अर्ब १२ करोड रूपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूको ३२ खर्ब १ अर्ब ६० करोड रुपैयाँ गरी कुल ३५ खर्ब ०८ अर्ब ४ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।



About Us
प्रतिक्रिया