काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट आउँदा कर्जा प्रवाहमा उल्लेख्य सुधार आएको छ । केन्द्रीय बैंकको वैशाख २४ र २५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप सामान्य गिरावट देखिदा कर्जा प्रवाहमा उल्लेख्य सुधार देखिएको हो ।
वैशाख २४ गते ६८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २५ गते ३ अर्बले घट्दै ६८ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्ब रुपैयाँकै गिरावट देखिएको छ।
समिक्षा अवधिमा कर्जा लगानीमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । वैशाख २४ गते ५५ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भोलिपल्ट बढेर ५५ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ५ अर्बले नै बढेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत सीडी रेसियो ७९ दशमलव ३५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।



About Us
प्रतिक्रिया