नेप्सेमा झिनो अंकको गिरावट, ९ अर्बको कारोबार हुँदा धेरै कमाउनेमा फाइनान्स समूह 

‘बैंकिङ्ग समूहमा ३ दशमलव ५५ अंकको गिरावट’


काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १८ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत् कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज ८ उपसूचक रातामय भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर १.३५ प्रतिशतले घटेको छ ।