काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । यो साता ४ दिन कारोबार हुँदा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३४ दशमलव १७ अंकको गिरावट देखिएको हो । साताको ४ दिन कारोबार हुँदा ३ दिन लगातार घटेको नेप्सेमा आइतबार मात्र झिनो अंकको वृद्धि देखिएको थियो।
यो साताभरि शेयर बजारमा ३५ अर्ब माथिको कारोबार हुँदा नेप्से परिसूचक भने सन्तोषजनक देखिएन । गत साता पाँचै दिन कारोबार भएको बजारमा ६४ दशमलव ६९ अंकको गिरावट देखिएको थियो ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा झिनो अर्थात् ३ दशमलव ५८ अंकको वृद्धि देखिएको थियो । सो दिन बजार २७ सय ६१ दशमलव ६० को बिन्दुमा पुगेको थियो । आइतबार १० अर्ब ६४ करोड ४५ लाख ५८ हजार ७ सय १७ रुपैयाँको कारोबार भएको थियो । यस दिन साताकै सबैभन्दा बढी कारोबार भएको थियो ।
त्यस्तै, कारोबारको दोस्रो दिन सोमबार १४ दशमलव ५३ अंकले बजार घट्दा ८ अर्ब ५३ करोड ८६ लाख भन्दा माथिको कारोबार भयो । त्यसदिन बजार २६ सय ४७ दशमलव ७ को बिन्दुमा राेकियाे । साताको कारोबारमा तेस्रो दिन (मंगलबार) १५ दशमलव ८ अंकको गिरावट आएको थियो । यससँगै बजार २६ सय ३१ दशमलव ९८ को बिन्दुमा बन्द हुँदा ७ अर्ब ३१ करोड ६९ लाखभन्दा माथिको कारोबार भयो ।
मंगलबार घटेको बजार बुधबार पनि भारी अंकले घट्याे । त्यसदिन नेप्से परिसूचकमा ८ दशमलव १४ अंकको गिरावट आएको थियो । एकोहोरो अंकको गिरावट देखिँदा बजार २६ सय २३ दशमलव ८३ को बिन्दुमा रोकिँदा ९ अर्ब बढीको कारोबार भयो ।



About Us
प्रतिक्रिया