काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम (कामु) गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको बताएकी छिन् । डा. ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको उनले औँल्याइन् । साथै, उनले वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति दावी गरिन् ।






About Us
प्रतिक्रिया