डिजिटल माध्यमबाट कारोबार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै, मोवाइल बैंकिङ्गमा आकर्षण बढ्दा इन्टरनेट बैंकिङ्गमा भने कमी     

डिजिटल माध्यमबाट कारोबार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै, मोवाइल बैंकिङ्गमा आकर्षण बढ्दा इन्टरनेट बैंकिङ्गमा भने कमी     

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले डिजिटल प्रणालीबाट कारोबार गर्नेको तथ्यांक सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वालेट प्रयोगकर्ताको संख्या गत आ.वको तुलनामा चालु आ.वको कात्तिक मसान्त सम्ममा प्रयोगकताको संख्यामा वृृद्धि भएको छ । जसमा वालेट प्रयोगकर्ता गत आ.वको कात्तिक मसान्त सम्ममा १ करोड २३ लाख  ९ सय ७ जना प्रयोगकर्ता रहेकोमा चालु आ.वको कात्तिक मसान्त सम्ममा वालेट प्रयोग गर्नेको संख्या वृद्धि भई १ करोड ५१ लाख ३३ हजार ७ सय ३५ जना प्रयोगकर्ता रहेको भने वालेट मार्फत राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
जसमा वालेट मार्फत कारोबार १७ अर्ब २२ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ भने गत आर्थिक बषको कात्तिक मसान्तमा १६ अर्ब ५६ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको थियो । 

यद्यपी, वालेट मार्फत भएको कारोबार संख्या गत आ.वको कात्तिक मसान्तमा कुल १ करोड ३ लाख ३० हजार ८ सय ४ पटक वालेट मार्फत कारोबार भएको थियो भने चालु आ.वमा १ करोड ५५ लाख १९ हजार ७ सय ४३ पटक वालेट मार्फत कारोबार भएको छ । 

त्यस्तै, डेबिट कार्डको प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्तमा सम्ममा १ करोड १७ लाख ३८ हजार ९ सय ७३ जनाले डेविट कार्ड प्रयोगकर्ता रहेकोमा छ भने, गत आ.वको सोही महिनामा ९५ लाख ६५ हजार २४ जना डेविट कार्ड प्रयोगकर्ता रहेका थिए । जसमा डेविट कार्ड मार्फत चालु आ.वको कात्तिक मसान्त सम्ममा ८१ अर्ब ८ करोड ४८ लाख रुपैंया बराबारको कारोबार भएको छ भने गत आ.वको सोही अवधीमा ६६ अर्ब २९ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको थियो । यद्यपी, चालु आ.व कात्तिक मसान्त सम्ममा ९९ लाख ९४ हजार ३ सय ४१ पटक कार्डको प्रयोग गरी कारोबार गरिएको छ । 

इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्त सम्ममा १७ लाख ५० हजार ९ सय ३६ जना रहेको छ । जसमा इन्टरनेट बैंकिङ्ग बाट कारोबार ११ अर्ब ७ करोड ७० लाख रुपैंया बराबरको कारोबार यस बर्षमा भएको छ । 
मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १९ करोड ४० लाख ३ हजार ७ सय ८० छन् भने यस बाट कारोबार भएको रकम १ खर्ब ६२ अर्ब १३ करोड ७ लाख रुपैंया बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।