नेप्सेमा ७ दशमलव ७५ अंकको गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

‘बैंकिङ्ग समूह १० दशमलव ३२ अंकले घट्यो’


काठमाडौं – आज शेयर बजार ७ दशलमव ७५ अंकले घटेर २६ दशलमव ९८ अंकको विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ४३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज पाँच वटा उपसूचक राताम्य हुँदा ८ उपसूचकमा हरियाली आएको छ । यसदिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।