नेपाल राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल आज जारी गर्दै

नेपाल राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल आज जारी गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि रू. ५ अर्ब, १८२ दिनका लागि  ४ अर्ब र ३६४ दिनका लागि  २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः आगामी पुस २६, फागुन ३०, २०८० जेठ ३० र मंसिर २६ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । 

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।