लाभांश वितरणको लागि प्रभु बैंकको सञ्चालक समितिको बैठक पुस १४ गते

लाभांश वितरणको लागि प्रभु बैंकको सञ्चालक समितिको बैठक पुस १४ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मर्जर तथा लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैंठकले पुस १४ गते २१ औं साधारण सभा बोलाएको हो । प्रभुको बैठक केन्द्रिय कार्यालय, ववरमहल काठमाडौंमा बिहान ९ बजे सुरु हुने बैंकले जनाएको छ । 

गत आर्थिक बर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई हाल चुक्ता पुँजीको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले बैंकको अधिकृत पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार वृद्धि गरी २४ अर्ब रुपैंया पुर्याउनुको साथै, वितरणपश्चात जारी तथा चुक्ता पँुजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । 

त्यस्तै बैंकको सञ्चालक समितिको भत्ता तथा सुविधा वृद्धि गर्ने सम्बन्धमा नियमावली संशोधन गर्नुको साथै, प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्ने र संयुक्त रुपमा छलफल पारित भएको खण्डमा काम कारवाही अनुमोदन गर्नेछ । 
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रायोजनार्थ पुष १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।