नबिल बिग डिलमा होलान त बिनोद चौधरी सफल ? बिक्रीमा आइएफआइसी बैंकको शेयर

नबिल बिग डिलमा होलान त बिनोद चौधरी सफल ? बिक्रीमा आइएफआइसी बैंकको शेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकबाट बंगलादेशी लगानीकर्ता (आइएफआइसी बैंक) ले आफ्नो शेयर बेच्ने सुचना निकालेको छ । ब्लु चिप नबिलको सेयर अहिले सबैको आँखा लागेको छ । 

यस अघि नै नबिल बैंकको अर्काे मुख्य लगानीकर्ता समूह इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ७.७ प्रतिशत संस्थापक शेयर बेच्ने सार्वजनिक सूचना निकालेको थियो । इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेडको नबिलमा करिब १ करोड ७७ लाख ३६ हजार ८८ बराबरको कित्ता शेयर रहेको छ । 

बंगलादेशी लगानीकर्ता आइएफआइसी बैंकले आफ्नो शेयर नबिलका बर्तमान संस्थापक शेयरधनीलाई किन्नको लागि सार्वजनिक सूचना आह्रान गरिएको हो । यसका लागि संस्थापक शेयरधनीले सूचना निकालेको ३५ दिनभित्र गोप्य शिलबन्दी मार्फत बोलकबोल गर्नुपर्ने हुन्छ । 

नबिल बेंकको शेयर किन्न सबै संस्थापक शेयरधनीको रुपमा रहेको चौधरी गू्रपले सो शेयर किन्ने चर्चा चलेको छ । गत बर्ष पनि सो कम्पनीले आफ्नो मातहतको शेयर बोच्ने चर्चा नचलेको भने होइन । सो समयमा लक्ष्मी बहादुर र जितबहादुर श्रेष्ठका साथै चौधरी ग्रुपले उक्त शेयर किन्न खोजेका थिए तर आइएफआइसीले पछि शेयर बेचेको थिएन तर हाल बेच्नको लागि सूचना जारी गरेको छ । अहिले चौधरी ग्रुपले ८ अर्ब भन्दा कममा सो डिल क्लोज गर्ने प्रयास गरिरहेको बताइएको छ । 
हाल बैंकहरुमा तरलताको अभावको समयममा यति ठुलो रकम जोहो गर्न सबैलाई हम्मे पर्ने निश्चित प्रायः छ । यस्तो अवस्थामा यो डिल बिनोद चौधरीको समूह चौधरी ग्रुपले हात पार्नै सम्भावना प्रबल देखिन्छ । 

हेर्नुहोस् भिडियोः