केही समय नवित्दै पुनः एलन मस्क पहिलो धनी व्यक्तिमा यथावत्, कसले उछिनेका थिए एलन मस्कलाई ?

केही समय नवित्दै पुनः एलन मस्क पहिलो धनी व्यक्तिमा यथावत्, कसले उछिनेका थिए एलन मस्कलाई ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विश्वकै धनी व्यक्तिको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क केही क्षणको लाग पहिलो नम्बर बाट बाहिरिएका छन् । उनलाई पछि पारेका हुन् लक्जरी ब्राण्ड लुईस भिटन कम्पनीका मालिक एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले उछिनेका थिए । जसअनुसार ट्विटर र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले केही समयका लागि विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि गुमाएका छन्।

फोर्ब्सका अनुसार उनलाई लक्जरी ब्रान्ड लुईस भिटनको प्रमुख कम्पनी एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले उछिनेका हुन्। अर्नाल्ट १८५.३ बिलियन डलरको कुल सम्पत्तिका साथ फोर्ब्सको सूचीमा शीर्ष स्थानमा पुगेका हुन्। तर शेयरमा गिरावटका कारण केही समयपछि उनको नेटवर्थ घटेर पुनः दोस्रो स्थानमा झरेका छन्।

को हुन् बर्नार्ड अर्नाल्ट ?

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुईस भिटन मोएट हेनेसी (एलभिएमएच) का संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो शेयरधनी हुन्। बर्नार्ड अर्नाल्टको समूह लुईस भिटन मार्केट क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो छ।

मस्कको कुल सम्पत्तिमा भारी गिरावट

फोर्ब्सको रिपोर्ट अनुसार नोभेम्बर ८ मा मस्कको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल झरेको थियो। यस वर्षको सुरुवाटमा, मस्कले ट्विटर किन्न प्रस्ताव गरेका थिए, त्यसपछि टेस्लाको स्टक २.७ प्रतिशतले घट्यो। उनी ट्विटरको सीईओ बनेपछि कम्पनीका ६० प्रतिशत कर्मचारीले राजीनामा दिएका थिए।
यसबाहेक, मस्क र उनको इलेक्ट्रिक कार निर्माता टेस्लाले कोरोनाको अवधिमा पनि धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो। मिडिया रिपोर्टका अनुसार कम्पनीले अझै पनि चीनमा कोरोना प्रतिबन्धको सामना गरिरहेको छ। टेस्लाका लागि अमेरिकापछि चीन दोस्रो ठूलो बजार हो।
२०२१ मा फोर्ब्सले मस्कलाई विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि दिएको थियो। मस्क ३०२ बिलियन डलरको साथ शीर्ष स्थानमा थिए। उनले अमेजनका संस्थापक जेफ बेजोसलाई प्रतिस्थापन गरेका थिए।
(मनी भाष्करबाट)