काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव १४ अंकले बढेर २,६८९ दशलमव २२ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज कारोबार रकम पनि बढेको छ । आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।



About Us
प्रतिक्रिया