ट्रेड टावर कम्पनीले पायो आईपिओ निष्काशन गर्न सेबोनद्वारा स्वीकृत


काठमाडौं – नेपाल धितोपत्र बोर्डले ट्रेड टावर कम्पनी लिमिटेडलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत २५ गते देखि सेबोनले आईपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

सो कम्पनीको संस्थापक दर्ता शेयर ४१ लाख ८४ हजार ४ सय ४ मा जारी पुँजीको ५१.३० प्रतिशतले रकम शेयर निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।