सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांस र बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको चैत ८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट शेयर धनीहरुलाई मुनाफा चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश र १. २४८९ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने भएको हो ।

अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै, कम्पनीको सातौं वार्षिक साधारण सभाबाट आ.व २०७९/०८० को मुनाफाबाट कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्दा लाग्ने लाभांस कर बाकि रहेका शेयर धनीहरुको यस आ.वमा वितरण गरिने नगद लाभांसमा कटुा गरी बोनस शेयर हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जानकारी दिएका छन्  ।