पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने


काठमाडौं – पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि अब भने सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम शेयर १,००,००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सो शेयरमा छिटोमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयभित्र माग अनुसारको आवेदन नपरेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।