एनएमबी बैंकको एटिएम तोडफोड

एनएमबी बैंकको एटिएम तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी प्रयास भएको छ । चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

कार्तिक ४ गते राति उनीहरुले एनएमबीको मेसिन तोडफोड गरी रकम चारी गर्ने प्रयास गरेका थिए । पक्राउ पर्नेमा नुवाकोट बेलकोगढी  नगरपालिका घर भई हाल ग्वार्काे बस्ने ३१ बर्षिय वसन्त तिवारी, ललिपुर महानगरपालिका–सुन्धारा बस्ने २४ बर्षिय बिजय तिवारी र सुनसरी धरान उपमहानगरपालि घर भई सुन्धार बस्ने ३५ बर्षिय अनिल राई रहेको प्रहरीले जनाएको छ । 

चोरी कार्यमा संलग्नहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।