आयात १६ प्रतिशतले घट्दा ब्यापार घाटामा सुधार

आयात १६ प्रतिशतले घट्दा ब्यापार घाटामा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक बर्ष २०७९/८० को पहिलो तीन महिनामा जम्मा ४ खर्ब रुपैंयाको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ, असोजको समग्र व्यापार स्थितिअनुसार गत बर्षको सोही अवधी तुलनामा  यस बर्ष आयात १६.२ प्रतिशतले घटेको हो ।

सरकारले बैंशाख १४ गतेदेखि मंसिर  मसान्तसम्मका लागि चारपांग्रे सवारीसाधन, १५० सीसीभन्दा माथिको मोटरसाइकल, ३ सय डलरभन्दा माथिको मोबाइल र तयारी विदेशी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ । 

त्यस्तै,आयात सँगैै निर्यात पनि घटेको छ । निर्यात ३५ प्रतिशतले घटेको हो । चालु आ.वको तीन महिनामा निर्यात ४१ अर्ब ८२ करोड रुपैंया बराबरको वस्तु  निर्यात भएको हो । गत आ.वको तीन महिनामा ६५ अर्ब बराबर निर्यात भएकोमा चालु आ.वको तीन महिनामा निर्यात घटेको भन्सार विभाग ले जनाएको छ ।

चालु आ.वको तीन महिनामा ब्यापार घाटामा पनि सुधार भएको छ । आयात घटेसँगै मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैंया रहेको विभागले जनाएको हो ।