अन्ततः मस्कले किने ट्विटर

अन्ततः मस्कले किने ट्विटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एलन मस्क बने ट्विटरको मालिक बनेका छन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारी भने बाहिरिएका छन् । 

अमेरिकी समाचार संस्थाका अनुसार मस्क मालिक बनेसँगै ट्विटरको केन्द्रीय कार्यालयका उच्च अधिकारी सीईओ पराग अग्रवाल, चिफ फाइनान्स अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएका हुन्।  

उनी बिहीबारमात्रै ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । उनले आफूलाई भ्रमित गरेको आरोप लगाएका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरे र उनले प्रभावशाली सोशल मिडिया प्लेटफर्मको लागि उच्च महत्वाकांक्षाहरू कसरी हासिल गर्ने भन्ने बारे थोरै स्पष्टतासमेत प्रदान गरे।

टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए। मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध अदालतमासमेत मुद्दा दायर भएको थियो। अमेरिकी अदालतले एलन मस्कविरुद्ध परेको ट्वीटर मुद्दाको सुनुवाइ अक्टोबरमा गर्ने तय गरेको छ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३।६ अर्ब डलर रहेको छ। एलन मस्क विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।