चालु आ.वको तीन महिनामा नबिलको खुद नाफा १ अर्ब माथी 

चालु आ.वको तीन महिनामा नबिलको खुद नाफा १ अर्ब माथी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ अर्ब ११ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ अर्ब ५७ करोड पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन नाफा ४० प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै कम्पनीको  नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ११ रहेकोमा चालू आवमा रू. २७ दशमलव शून्य १ मा झरेको छ । त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ९१ करोड रहेको छ । सो अवधिमा कम्पनीले रू. ३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ३ खर्ब ५ अर्ब कर्जा लगानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी रू. २२ अर्ब ८३ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. २७ अर्ब ५१ करोड र रिटेण्ट अर्निङमा रू. २ अर्ब ९१ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २९ दशमलव ३९ गुणा,तरलता अनुपात २२ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३३ दशमलव २८ रहेको छ ।