एसबिआई बैंकको तीन महिनामा गत बर्षको तुलनामा खुद नाफा ६२ करोड माथी

एसबिआई बैंकको तीन महिनामा गत बर्षको तुलनामा खुद नाफा ६२ करोड माथी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं 
नेपाल एसबिआई बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३७ करोड २९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू.६२ करोड ७३ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.५३ करोड १९ लाख रहेकोमा चालू आवमा बढेर रू.८९ करोड ३४ लाख पुगको छ । त्यसैगरी कम्पनीले गत आवमा रू.८४ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू.१ अर्ब २९ करोड पुगेको हो ।

त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा प्रतिशेयर आम्दानी रू.१५ दशमलव १८ रहेकोमा चालू आवमा बढेर रू.२५ दशमलव ५४ पुगेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू.१ अर्ब ६३ करोड रहेको छ ।

सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ६९ गुणा,तरलता अनुपात २५ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१७९ दशमलव ५९ रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू.६ अर्ब १८ करोड र रिटेण्ड अर्निङमा रू.१ अर्ब ६३ करोड सञ्चित गरेको हो ।