बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले कात्तिक २१ गते बाईसौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभा कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने, कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया