शेयर बजारको ओरालो यात्रा कायमैः १२ अंकले नेप्से घट्दा ४ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूहमा ५ दशमलव १५ अंकको गिरावट’


काठमाडाैं – साताकाे पहिलाे काराेबार दिनदेखि ओरालो यात्रा तय गरेकाे शेयर बजार बुधबार पनि घटेकाे छ । आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२ दशमलव ३८ अंककाे गिरावट देखिएकाे छ । आज घटेसँगै बजार २६ सय ६९ दशमलव ७६ को बिन्दुमा बन्द भएकाे छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको ९५ करोड ९९ लाख ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् । एशियन हाइड्रोपावरका लगानीर्ताले ५ दशलमव ४९ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ४ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ४ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।आज सर्वाधिक घट्नेमा फाइनान्स समूह रहेको छ । आज यस समूहको शेयर १.३५ प्रतितले घटेको छ । आज जीवन बीमा समूहको शेयर मूल्य मात्रै ०.०३ प्रतिशतले बढेकोछ । अन्य १२ उपसूचक नै राताम्य भएका हुन् ।