२१ अंकले परिसूचक घट्दा कारोबार रकम ६ अर्बमा सीमित, सबैभन्दा धेरै विकास बैंक समूहमा गिरावट

२१ अंकले परिसूचक घट्दा कारोबार रकम ६ अर्बमा सीमित, सबैभन्दा धेरै विकास बैंक समूहमा गिरावट

‘बैंकिङ्ग समूहमा ११ दशमलव १८ अंकको गिरावट’


काठमाडाैं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१ दशमलव ६३ अंकको गिरावट देखिएको छ । दोहोरो अंकको गिरावट देखिएसँगै बजार २७ दशमलव १४ दशमलव ८५ को बिन्दुमा बन्द भएको छ ।

आइतबार ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकले ३७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको ३६ करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ५ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन्। आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक १३१ दशमलव ९२ अंकले शेयर मूल्य घटेको छ ।