साताको शेयरः ३५ अंकले नेप्से परिसूचकमा गिरावट

साताको शेयरः ३५ अंकले नेप्से परिसूचकमा गिरावट


काठमाडौं – यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी अंकको गिरावट देखियो । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २,७७२.१० बिन्दुमा राेकिँदा १० अर्ब ९ करोडभन्दा माथिको शेयर कारोबार भयो।

बजारको गिरावट दोस्रो दिन सोमबार पनि कायम रह्यो। नेप्से परिसूचक थप २०.६८ अंकले घट्दै २,७५१.४२ बिन्दुमा पुगेको थियो। सोमबार ८ अर्ब ३७ करोडको शेयर कारोबार भयाे । मंगलबार पनि बजार ओरालो लाग्दै ३२.२१ अंकले घटेर २,७१९.२० बिन्दुमा झर्यो। सो दिन ८ अर्ब ३९ करोडको कारोबार भएको थियो।

तर, लगातार तीन दिनको गिरावटपछि बुधबार भने बजारमा सुधार आयो । नेप्से परिसूचक १७.२८ अंकले बढेर २,७३६.४८ बिन्दुमा पुगेको थियो। बुधबार ८ अर्ब २३ करोडभन्दा माथिको कारोबार भएको थियो ।

यसरी, साताभर नेप्से परिसूचकमा कुल ३५.६२ अंकको गिरावट देखिँदा कुल कारोबार रकम ३५ अर्ब ९ करोडभन्दा माथिको कारोबार भयो । याे साता शेयर बजारमा ४ दिनमात्र काराेबार भयाे । बिहीबार भने फागु पूर्णिमाकाे दिन सार्वजनिक बिदा रहेकाले बन्द रहृयाे ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घट्दै बन्द भएको थियो । सो दिन नेप्से परिसूचक २.७० अंकले घटेर २,८१८.३४ विन्दुमा रोकिएको थियो ।