शेयर बजारको ओरोलो जात्रा जारी, मंगलबार ३२ अंकले नेप्से घट्दा काराेबार रकम ८ अर्बमा सीमित

‘बैंकिङ्ग समूहमा ९ दशमलव ९० अंककाे गिरावट'


काठमाडौं- साताको तेस्रो काराेबारकाे दिन मंगलबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशलमव २१ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ८० प्रतिशतका दरले कमाएका हुन् । ज्योति विकास बैंकका लगानीकर्ताले ३ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् । अन्य सबै उपसूचक राताम्य हुँदा विकास बैंक बढेको छ । विकास बैंकको शेयर मूल्य १.९३ प्रतिशतले बढेको हो ।