सानिमा जिआईसीको बुक क्लोज मिति तय


काठमाडौं– सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले सातौं वार्षिक साधारण सभाका लागि शेयर दर्ता किताब (बुक क्लोज) मिति तय गरेको छ । कम्पनीले आगामी वार्षिक साधारण सभाको प्रयोजनार्थ चैत ८ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीको फागुन २६ गते बसेको १५७ औं बैंठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सातौं वार्षिक साधारण सभा चैंत २१ कालिकास्थान काठमाडौंमा हुने भएको छ ।