शेयर बजार राताम्मे, नेप्से ४६ दशमलव ३३ अंकले घट्दा १० अर्बकाे काराेबार

’‘बैंकिङ्ग समूह १ दशमलव ३६ अंकले घट्यो’


काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ४६ दशलमव ३३ अंकले घटेर २,७७२ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको हो ।

आज दिनभरिमा ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५५ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८ का इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतशित, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले शेयर मूल्य घटेकाे छ ।