१३ अंकले परिसूचक घट्दा, सवा १४ अर्बको कारोबार

‘बैंकिङ्ग समूह १ दशमलव ३५ अंकले घट्यो’


काठमाडौं – साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार शेयर बजार घटेकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३ दशमलव ६२ अंकको गिरावट देखिएको हो । नेप्से परिसूचकमा दोहारो अंककाे गिरावटसँगै आज बजार २८ सय ७६ दशमलव ६६ को बिन्दुमा रोकिएको छ ।

आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रियन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ३६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इनस्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७ दशलमव २५ प्रतिशतका दरले कमाएका हुन् र

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज बैंकिङ्ग समूहको १.३५ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, हाइड्रोपावर समूहको १.२१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।