काठमाडौं – कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो ।
पोखरेललाई मन्त्रीपरिषद्को बैठकले यही वर्ष २०८१ सालको फागुन ११ गतेको बैठकले नियुक्त गरेको थियो । अर्थमन्त्रालयका प्रतिनिधिकारुपमा मन्त्रीपरिषद्ले निर्णय गरेपछि उनले १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।



About Us
प्रतिक्रिया