आजबाट बिना दर्ता मोवाइल नचल्ने 

आजबाट बिना दर्ता मोवाइल नचल्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

लामो समय पछि नेपाल टेलिकमले डिभाईस म्यानेजमेन्ट सिस्टम(एम.डि.एम.एस) लागु गरेको छ । चोरी पैठारी रोक्ने उदेश्यले यो प्रणाली लागु गरिएको प्राधिकरणले जनाएको छ । अब देखि नेपालमै मोवाइल दर्ता गर्नुपर्ने छ । दर्ता नगरेको खण्डमा ती मोवाइल नेपालमा चल्ने छैन । यो प्रणाली लागु हुनुभन्दा अघिको मोवाइलहरु भने स्वत चल्ने टेलिकमले बताएको छ । 

सर्वसाधारणले अब मोवाइल किन्दा डिभाईस म्यानेजमेन्ट सिस्टम (एम.डि.एम.एस) प्रणाली लागु भएको नभएको हेरेर मात्रै मोवाइल लिनुपर्ने टेलिकमले जनाएको छ । त्यस्तै, मोवाइल आयातकर्ता तथा बिक्रेताहरुलाई पनि स्वीकृत लिएर मात्रै बिक्री गर्न निर्देशन दिएको छ । 

बैधानिक रुपमा मोवाइल सेट आयात गर्दै आएका ब्यापारीहरुले चोरी, पैठारी तथा गैर–कानुनी आयात रोक्न दबाब दिदै आएका थिए । 

पछिल्लो समय ३ सय डलर सम्मको मोवाइल आयातमा रोक लागएपछि चोरी, पैठारी बढेको ब्यापारीहरुको धारणा रहेको थियो ।