काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५८औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको १०६८औं सञ्चालक समितिको बैठकले चैत १५ गतेका लागि वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
कम्पनीले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा डाकेको छ । यसका लागि यही वर्षको चैत १ गतेदेखि १५ गतेसम्म शेयर दालिख खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ ।
यस्तै, १० प्रतिशतका दरले ३ करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश प्रस्तावको पारित साधारणसभामा पेश हुनेछ ।



About Us
प्रतिक्रिया