काठमाडौं – केन्द्रीय बैंकको फागुन १० र ११ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीकाे निक्षेपमा भारी रकमको वृद्धि देखिदा कर्जा प्रवाहमा सामान्य सुधार देखिएकाे छ । नेपाल राष्ट्र बैंकको फागुन ११ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि बढेकाे छ । फागुन १० गते ६ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू ११ गते ६ खर्ब १३ अर्ब रूपैयाँ रकम बराबरकाे निक्षेप संकलन गरेका छन् ।
सो अवधिमा कर्जा प्रवाह १ अर्बले बढेकाे छ । फागुन १० गते ५४ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४१ रूपैयाँ बराबरकाे कर्जा प्रवाह भएकाे छ ।
साे समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा भने स्थिर रह्याे । १० गते ४८ खर्ब २९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहले ११ गतेपनि साेहि रकम बराबरकाे कर्जा प्रवाह गरेका छन् ।
सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४१ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।



About Us
प्रतिक्रिया