नबिल बैंकद्वारा फोन लोन कर्जा नतिर्ने ऋणीको नाम सार्वजनिक


काठमाडौं – नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।

बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले अनुरोध गरेको छ ।

यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरुको नाम कर्जा सुचना केन्द्रको खराब सूचीमा सुचिकृत गरिने बैंकले जनाएको छ । साथै, कर्जा असुलीसँग आवश्यक कानुनी कारवाही गरी बैंकको लेना बक्यौता कर्जा रकम असुल उपर गरिनेपनि बैंकले जनाएकाे छ।