काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको बताएको हो ।
केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था पनि गर्ने भएको छ । व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने बताएको छ ।
त्यस्तै, असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले बताएको छ । ‘नन्डेलिभरेबल फरवार्ड’को हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने उल्लेख छ ।



About Us
प्रतिक्रिया