अब बैंक तथा वित्तीय संस्थाले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई एक आपसमा खरिद–बिक्री गर्न सक्ने


काठमाडाैं – केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८१ मा संशाेधन गरेकाे छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै कडाइ गरेको हो ।

यससँगै बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्थामार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद–बिक्री गर्न सक्नेछन्।

सुरुआतमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद–बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन।