बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकमा योग्यहरुका लागि जागिर खुलेको छ । एक वर्षे करार सेवाका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।
बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गर्दै बैंकले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ ।
बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ ।
प्रतिक्रिया