नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी


काठमाडौं – नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन् ।