काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा दुवै स्थिर रहेको छ । केन्द्रीय बैंकको फागुन ८ र ९ गतेकाे तथ्यांकले बैंकिङ्ग प्रणालीकाे कर्जा र निक्षेप दुवै स्थिर रहेकाे देखाएको छ । नेपाल राष्ट्र बैंकको फागुन ८ र ९ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि स्थिर रहेकाे छ । फागुन ८ गते ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू ९ गतेपनि साेही रकम बराबरकाे निक्षेप संकलन गरेका छन् ।
सो अवधिमा कर्जा प्रवाह पनि स्थिर रहेकाे छ । फागुन ८ गते ५४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि साेही रकम बराबरकाे कर्जा प्रवाह भएकाे छ । साे समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि स्थिर रह्याे ।
८ गते ४८ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहले ९ गतेपनि साेहि रकम बराबरकाे कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।



About Us
प्रतिक्रिया