काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कालिञ्चोक दर्शनले १ः१ को अनुपातमा साबिकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको ६०,००,००० कित्ता बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौंमा आइतबार आयोजित एक समारोहबिच मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।



About Us
प्रतिक्रिया