सहकारी संस्थाको आयकरमा छुट

सहकारी संस्थाको आयकरमा छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले सहकारी संस्थाहरुको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो ।

अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ ।

यसअघि यस्तो करको दायरा ७.५ प्रतिशत थियो । उपमहानगरपालिका भित्र सञ्चालित सहकारीको हकमा आयकरको सीमा ७ प्रतिशतमा झारिएको छ । यसअघि यो प्रावधान १० प्रतिशतको थियो ।

महानगरपालिका भित्र सञ्चालित सहकारीका लागि १० प्रतिशत आयकर लाग्ने छ । यसअघि यो १५ प्रतिशत कायम रहेको थियो ।