काठमाडौं – साताकाे पहिलाे काराेबारकाे दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशलमव ६६ अंकले बढेर २,७५५ को बिन्दुमा बजार बन्द भएकाे छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६१ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ७ दशलमव २४ प्रतिशतका दरले गुमाएका हुन् ।
आइतबार ७ समूहमा हरियाली आएको छ । यसदिन बैंकिङ्ग समूहकाे ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.३३ प्रतिशत, जीवन बीमा समूहको ०.८६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशतको शेयर मूल्य बढेको छ।



About Us
प्रतिक्रिया