काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ दशमलव १४ अंकको वृद्धिसँगै बजार २७ सय ४३ दशमलव ७४ को बिन्दुमा उक्लिएको छ । आज बढेको बजारमा बैंकिङ्ग समूहमा ०.५५ अंकको गिरावट देखिएको छ ।
आज लक्ष्मी सनराइज बैंकको मूल्य ० दशमलव ६६ प्रतिशत र सानिमा बैंकको ० दशमलव ३३ प्रतिशतले मूल्य बढ्दा अन्य बैंकको भने घटेको छ । आज सबैभन्दा धेरै कृषि विकास बैंकको १ दशमलव ३३ प्रतिशतले मूल्य घटेको छ । सिटिजन्स बैंकको ० दशमलव १९ प्रतिशत, एभरेष्ट बैंकको ०.४७ प्रतिशत, .ग्लोबल आईएमई बैंकको १ दशमलव १२ प्रतिशत, हिमालयन बैंकको ०.९३ प्रतिशत कुमारी बैंकको ०.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको ०.४७ प्रतिशत मूल्य घटेको छ।
यस्तै, नविल बैंकको ०.२२ प्रतिशत, नेपाल बैंक १.१६ प्रतिशत, एनआईसी एशिया बैंकको ०.८० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ० दशमलव ७३ प्रतिशत, एनएमबि बैंकको १ दशमलव ०३ प्रतिशत, प्रभु बैंकको ० दशमलव ६७ प्रतिशत, प्राइम कमर्सियल बैंकको ० दशमलव ५५ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.६९ प्रतिशतले मूल्य घटेको छ । यसैगरी सिद्धार्थ बैंकको ०.९० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ० दशमलव ०८ प्रतिशतले मूल्य घटेको छ ।



About Us
प्रतिक्रिया