काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । साेमध्ये कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्तार्ल कम्पनीको आईपीओमा छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन घटीमा १० कित्ता र १० हजार कित्तासम्मका लागि दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।





About Us
प्रतिक्रिया