काठमाडाैं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ दशमलव ९१ प्रतिशतले बजार २७ सय ३९ दशमलव ८२ को बिन्दुमा बन्द भएको छ ।आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको ५१ करोड ६८ लाख रुपैयाँको शेयर करोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन्। आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन्। आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन्। आज बैंकिङ्ग समूह बैंकिङ्ग समूह ०.२२ प्रतिशत, लगानी समूह १.२४ प्रतिशत, जीवन बीमा समूह १.७४ प्रतिशत, निर्जीवन बीमा कम्पनी ०.३० प्रतिशतले बढेका छन्।



About Us
प्रतिक्रिया