काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ। आज शेयर बजार मापक परिसूचक २९ दशमलव ८७ अंकले बढेसँगै बजार २७ सय २७ दशमलव ९१ को बिन्दुमा रोकिएको छ। आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर किनबेच भएको छ ।
आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनआरएनको २६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।
आज १० उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ्ग समूह २ दशमलव १६ प्रतिशत, विकास बैंक समूह ०.३३ प्रतिशत, हाेटल एण्ड टुरिज्म २.२९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.२० प्रतिशत, जीवन बीमा समूह ०.८९ प्रतिशत, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढेका छन्। आज तीन उपसूचक भने राताम्य भएका छन्। आज फाइनान्स समूहको ०.८४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१५ प्रतिशत र व्यापार समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ।



About Us
प्रतिक्रिया