काठमाडौंमा सञ्चालित पाँच सहकारी मर्जरमा जाने 

काठमाडौंमा सञ्चालित पाँच सहकारी मर्जरमा जाने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
काठडौंमा सञ्चालित विभिन्न सहकारीहरु मर्जरमा जाने भएको छ । जसमा नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउदेश्यीय सहकारी, आइडल यमुना बहुउदेश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड एक अर्कोमा मर्जर हुन लागेको हो ।

गाभिएपछि संस्थाको कारोबार ९ अर्ब पुग्ने छ । जसमा ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ हुनेछ साथै, ऋणमा तथा लगानी ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रहेको छ । 

मर्जर पछि नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने छ । 

यी सहकारी गाभिएपछि शेयरपूँजी ३० करोड ८१ लाख २२ हजार ५ सय पुग्ने छ भने सदस्यहरुको संस्था ३५ हजार २० रहने छन्, भने ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने भएको छ ।

पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९ सय ८२ हुनेछ । कर्जा जोखिम १२ करोड ४२ लाख ३५ हजार ८ सय ९८ पुग्ने जनाएको छ । त्यसैगरी संस्थाको तरलता १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८ सय १७ रहने छ ।