नेप्से परिसूचक दोहोरो अंकले घट्दा ९ अर्ब २४ करोडकाे कारोबार

‘बैंकिङ्ग समूहमा शून्य दशमलव ३५ अंकको गिरावट’


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर घटेर बन्द भएको छ । आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ६४ अंकले घटेर बजार २६ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजमार ३९२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साहस उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानकिर्ताले ६ दशलमव ५१ प्रतिशतका दरले कमाएका हुन् । सुपर मादीका लगानीकर्ताले ५ दशलमव ७१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज १२ वटा उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।